चाौंरीदेउराली– काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेस्थित बाँझखेतको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३५ जना बालबालिकाले नयाँ झोला वितरण गरेका छन् । बालबालिकाहरुलाई उक्त झोला कान्छी माया तामाङ फाउन्डेसन, धुलिखेलका अध्यक्ष डा. दिल बहादुर थोकर तामाङ र चौरीदेउराली गाउँपालिका वडा नं ७ हाल बौद्ध निवासी समाजसेवी कुल बहादुर लामाले प्रदान गरिएको हो ।
ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई झोला वितरण गरेकोमा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी लामाले सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
झोला वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दम्जेदोर्जे लामाको सभाध्यक्षता, संस्थापक सदस्य नोर्बु घ्याम्चो लामाको आतिथ्य तथा वडा सदस्य देबी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष प्रकाश योञ्जन तामाङ, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहयोग पछि अभिभावक र विद्यार्थीहरु खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।