धुललिखेल- जिल्ला समन्वय समिति काभ्रेको आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आज एक समारोहका बीच कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमकाे पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको सभापतित्व सम्पन्न भएको थियाे ।
कार्यक्रममा जिल्ला भरिका पालिकाका प्रमुख/उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेले गरेको प्रयासकाे प्रससा गरेपनि आर्थिक अनुशासनमा कुनै पनि सरकार बस्न नचाहेको आराेप लगाए । उनले संघ सरकारको बजेट पनि वडा र टोल केन्द्रित हुने परिपाटी रहेको भन्दै उनले पालिका वडा र टोलमा केन्द्रित भएपनि संघ सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र दीर्घकालिन महत्व राख्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
प्राथमिकतामा योजना ओझेलमा पर्ने र बजेट छरिने कारण नागरिकको असन्तुष्टि बढेको बताउँदै उनले सांसदको सिमा वुझाउन नसकेका कारण उपलब्धि ओझेलमा पर्ने र असन्तुष्टि चर्किने अवस्था बनेको उनले बताए । समाज हिरोइजमले नचल्ने उनको दाबी गर्दै पूर्व मन्त्री बाँस्कोटाले समाज हिरोइजमले चल्दैन, चल्ने थियो भने फिल्मका हिरोहरुले समाज चलाउँथे, इकोनोमी चलाउँथे । राजनीतिक व्यवस्था, अर्थ व्यवस्था, परम्परागत मान्यता, राज्य र स्रोतका सिमाले राज्यको समग्र क्षमता र सहकार्यका आधारमा आजको विश्व चलेको छ ।’
जिल्ला समन्वय समिति काभ्रेको आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समिक्षा धुलिखेलमा सम्पन्न भएको छ । पुर्व मन्त्री एवं काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको सभापतित्व रहेको कार्यक्रममा पालिकाका प्रमुख/उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाले जिल्ला समन्वय समिति काभ्रेले गरेको प्रयास प्रति धन्यवाद दिएका छन् । यद्यपी सम्बन्धीत निकायले नै कम महत्व दिएको उनले बताए । फरक प्रसंगमा पुर्व मन्त्री बास्कोटाले आर्थिक अनुशासनमा कुनै पनि सरकार बस्न नचाहेको बताए । संघ सरकारको बजेट पनि वडा र टोल केन्द्रित हुने परिपाटी रहेको भन्दै उनले पालिका वडा र टोलमा केन्द्रित भएपनि संघ सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र दीर्घकालिन महत्व राख्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । कम जनशक्ति, सिमित स्रोत साधनमा पनि असिमित आशा जगाउँदा असन्तुष्टि बढेको बास्कोटाको भनाई छ । प्राथमिकतामा योजना ओझेलमा पर्ने र बजेट छरिने कारण नागरिकको असन्तुष्टि बढेको उनले बताए ।
कार्यक्रममा जिसस उपाध्यक्ष रिम बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने पालिका, सरकारी कार्यलय लगायत विभिन्न क्षेत्रलाई सम्मान गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























