धुलिखेल- बाह्र वर्ष ढुङ्ग्रामा हालेपनि कुकुरको पुच्छर बाङ्गै भन्ने उखान काभ्रेपलान्चोकका एक लेखापाल जनार्जन भट्टलाई ठ्याक्कै लागू हुन्छ ।
कमिसन बिना कलम नचोब्ने भट्टको बानीले उनलाई जुन कार्यालय गयो त्यहीँ कार्यालयले हटाइदिन महालेखा नियन्त्रकको कार्यालयलाई अनुरोध गर्ने गरेको खुलासा भएको छ ।
एउटा कार्यालयमा नसिहत पाएपछि त सुध्रनु नि ! तर, नानीदेखि लागेको बानी भने झै उनले आफ्नो बानी सुधार्न नसक्दा फेरि पनि फाजिलमा परेका छन् ।
काम गर्न सरकारले तलव दिएको भएपनि उनी अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेको फाजिलमा रहेर हाजिर गरेकै भरमा राज्यको तलव पचाइरहेका छन् ।
गत कात्तिकमा काभ्रेपलान्चोक जिल्ला अदालत सरुवा भई आएका लेखापाल भट्ट ६ महिना पनि टिक्न सकेनन् । कमिसन बिना काम नगर्ने उनको पुरानै रोग शुरूवाती दिनदेखि नै देखाउन थालेपछि कार्यालय प्रमुख कर्णबहादुर राई हैरान परेशान भए ।
तलव खुवाउन समेत चेक काट्न नमान्ने ब्यहोरा देखाएपछि कोलेनिका र मलेनिका गुहार्दै जिल्ला अदालतले भट्टलाई हटाउनु परेको अदालत श्रोतले जनाएको छ ।
“कार्यालय प्रमुखलाई नटेर्ने, कमिसन नभई भुक्तानी दिन नमान्ने र कार्यालय समयमै रक्सी खाएर उल्टै बबाल मच्चाउने गर्न थालेपछि लेखापाल भट्टलाई हटाउन पत्राचार गरिएको थियो ।” अदालतका एक कर्मचारीले भने ।
यस अघि पनि काभ्रेपलान्चोक जिल्ला अदालतमा बसेका उनी दोहोर्याएर आएका थिए । त्यतिबेला कमिसन मात्र होइन, करारका कर्मचारीको दशैं पेश्की समेत उनले झ्वाम पारेका भट्टका भुक्तभोगीहरु बताउँछन् ।
हिसाब गोलमाल गरी रक्सीमा रमाउन पल्केका उनी त्यस्तै सोचेर दोहोर्याए जिल्ला अदालत आए । तर, कार्यालय प्रमुख रहेका श्रेस्तेदार कर्णबहादुर राई कडा परेपछि छ महिनामै आन्तरिक कार्वाहीमा परे ।
त्यसो त कार्वाही उनको लागि नौलो होइन, लेखापाल भट्ट अघिल्लो कार्याकालमा पनि नापी कार्यालय काभ्रेको कार्वाहीमा परेका थिए ।
नापी कार्यालयले उनीसंग काम गर्न नसक्ने ब्यहोरा जानकारी गराएपछि कोलेनिकाले भट्टलाई तानेर फाजिलमा राखेको थियो । त्यतिबेला उनको सट्टा नापी कार्यालयमा खटाइएका लेखापाललाई भट्टले यति बद्नाम गर्ने कोसिस गरेका थिए कि उनलाई थाल खाउँ कि भात खाउँ बनाएका थिए ।
आफ्नो असक्षमता छोप्न अरुलाई बद्नाम गर्न कोसिस गर्ने भट्ट फेरि यतिबेला जिल्ला अदालतमाथि खनिएका छन् । कार्यालय समयमा पनि भट्टी तिरै भेटिने लेखापाल भट्टले लाजशरमलाई रक्सिको सितन नै पचाएका छन् । जसकारण उनको ब्यवहार ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने गरेको छ ।
पछिल्लो समय काभ्रे जिल्ला अदालतलाई बद्नाम गराउन उनी हात धोएर लागिरहेको खुलासा त्यतिबेला भयो जतिबेला उनले धरौटी फिर्ता माग्न आएका दिपेन्द्र भुजेललाई कार्यालय प्रमुख कहाँ लग्नुपर्नेमा पत्रकार कहाँ पुर्याए र आफू अनूकुल बयान दिए मात्र धरौटी फिर्ता गरिदिने बताए ।
दिपेन्द्र भुजेलको धरौटी रकम अर्कै थर भएर कम्प्युटर इन्ट्रि भएकोले भुक्तानी दिन पूर्व लेखापालले कोड नम्बर सहित जानकारी गराउँदा पनि भुक्तानीमा आलटाल गरेर भट्टले सेवाग्राहीलाई उल्टै पूर्व लेखापालको ब्यक्तिगत चरित्र हत्या गर्ने प्रयोजनका लागि पत्रकारसम्म पुर्याईएको पुष्टि भएपछि उनलाई थप कार्वाही गर्नुपर्ने माग लेखाका कर्मचारीहरुको रहेको छ ।
काभ्रे जिल्ला अदालतको लेखा प्रमुख रहने लेखापालले धरौटी रकम प्रत्यक्ष नबुझ्ने र ब्यक्तिले कार्यालयमा जम्मा गरेको रकम सम्बन्धित नगदी फाँटले भोलिपल्टै बैंक दाखिला गरी भौचर मात्र लेखापालले बुझ्ने गरेकोले लेखापालको ब्यक्तिगत चरित्र हत्या गर्दै उनले ब्यक्तिगत खातामा धरौटी रकम राख्ने गरेको भनेर फैलाइएको हल्ला प्रथम दृष्टिमै दुरासययुक्त देखिएको पूर्व लेखापालहरु बताउँछन् ।
रक्सि खाएर राति १२/१ बजेपनि लेखापाल भट्टले फोन गर्ने र हैरान पार्ने गरेको कोलेनिकाको कर्मचारीहरुले बताए । “कस्तो खाले मान्छे हो ! रक्सि नखाई बोल्न नसक्ने, खाएपछि जे मन लाग्यो त्यहीँ बोल्ने ।” एक कर्मचारीले हैरानी ब्यक्त गरे ।
त्यसो त समाजमा काग कागसंग, बकुल्ला बकुल्लासंग भन्ने उखानै छ । लेखापाल भट्टले पनि आफ्नो भट्टीका साथीहरूको दुरुपयोग सामाजिक संजालमा जथाभावी लेख्न गरिरहेका छन् । उनका गतिविधि नियाल्दा यति चाहिँ प्रष्ट भइसकेको छ कि भट्ट जस्ता पात्र र प्रवृत्ति निजामती सेवाको गरिमा गिराउन पर्याप्त छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।