तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका कार्यालयबाट हुने सेवा प्रवाह मंगलबार बन्द रहने भएको छ । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले एक सूचना जारी गर्दै सोकाे जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ-, ‘मिति २०८२ साल असार १० गते मंगलबारका दिन तेमाल गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशन हुने भएकोले उक्त दिन गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक सेवा बाहेकका सेवा वन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्ने असुविधाप्रति यस गाउँपालिका क्षमाप्रार्थी छ ।’

गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ काे लागि गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थाेकरले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।