पनाैति- काभ्रे जिल्लाकाे पनाैती नगरपािलकाकाे नगर सभा स्थगित भएकाे छ । नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।
एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको भन्दै हो ।
नगर प्रमुख रामशरण भण्डारीले नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि बुधबार ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए । नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिए ।
कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।
उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरीत ४ करोडभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको प्रतिक्रिया दिइन् ।
६२ सदस्यीय नगर सभामा नगर प्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।
बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























