काठमाडौं – तामाङ भाषाको मिठास, मौलिक प्रेमकथा र सांस्कृतिक पहिचानलाई समेट्दै गायक सुशील तितुङ लामाले नयाँ म्युजिक भिडियो “हेरन मैज्याङ्ग” सार्वजनिक गरेका छन्। शब्द, स्वर, अभिनय र दृश्य–शैलीको सुन्दर समन्वयमा तयार गरिएको यस गीतले तामाङ समाजभित्रको प्रेमभाव, संस्कार र सादगीपूर्ण समर्पणलाई गहिराइका साथ प्रस्तुत गरेको छ।

गीतको शीर्षक “हेरन मैज्याङ्ग” अर्थात् “हेर्नु है मायालु” भन्ने भाव बोकेको छ। यसले मनको कोमल अनुभूतिलाई छुन सफल हुन्छ। गायक सुशील तितुङ लामा स्वर साथै स्वयम्‌ मोडलको रूपमा प्रस्तुत भएका छन् भने गीतका शब्द, संगीत भरेका छन्  चर्चित गायक तथा संगीतकार सुसन लामाले। गहन लय र मिठासपूर्ण संरचनाले गीतलाई अत्यन्तै श्रोतामैत्री बनाएको छ।

भिडियो निर्देशनमा रहेका प्रतीक ङेस्युरले दृश्यात्मक रुपमा गीतको आत्मालाई अझ सशक्त बनाएका छन्। सुशील तितुङ लामासँगै शृष्टि घिसिङ र रियाज लामाको अभिनयले कथा जिउँदो बनाएको छ। विशेषगरी तामाङ पोशाक, ग्रामीण परिवेश, सरल संवादशैली र प्रेमिल नजरहरूले भिडियोलाई संस्कृति र सौन्दर्यको जीवन्त प्रतिनिधित्व दिएका छन्।

यस् गीतको एरेञ्ज फणीन्द्र राईले गरिएका थिए भने
छायांकन, सम्पादन र मेकअपमा समेत दक्ष टोलीको योगदान रहेको छ। पर्पल स्टुडियो, नक्सालमा रेकर्ड गरिएको यो गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन्। छायांकनमा आइत जिमे, सम्पादन ,ड्रोन बिन्दो याख्खा, मेकअपमा रेशम लामाको भूमिका उल्लेखनीय रहेको छ।

प्रेम, संस्कृति र संगीतको त्रिवेणी बनेको “हेरन मैज्याङ्ग” गायक सुशील तितुङ लामाको अफिसियल युट्युब, डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिन्छ।

यो गीत तामाङ भाषाको आधुनिक अभिव्यक्ति मात्र होइन, आफ्नो मौलिक पहिचान र प्रेमको संवेदनशीलतालाई आधुनिक मञ्चमा देखाउने साहसी प्रयास पनि हो।

हेर्नुहोस् “हेरन मैज्याङ्ग” — जहाँ प्रेम छ, पहिचान छ, र संगीतमा आत्मा बोल्छ।

भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।