तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा एसईई-०८१ मा ८९.५९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । गाउँपालिकाबाट १ सय ७३ जना नियमित परिक्षार्थीले परिक्षा दिएकोमा १ सय ५५ जना उतिर्ण हुन सफल भएको छ ।

तेमालका १० वटा मावि मध्य तेमाल-९ मा रहेको श्री कुशेश्वर मावि तेमालकै उत्कृष्ट भएको छ । यस विद्यालयबाट एसईईमा ३६ जना विद्यार्थीहरु सम्मिलित भएकोमा ३.६ देखि ४ सम्म जिपिए ल्याउन सफल ३ जना, ३.२ देखि ३.६ सम्म जिपिए ल्याउन सफल १५ जना, २.८ देखि ३.२ सम्म जिपिए ल्याउन सफल १२ जना र २.४ देखि २.८ सम्म जिपिए ल्याउन सफल ६ जना गरी शतप्रतिशत उतिर्ण भइ तेमालकै उत्कृष्ट हुन सफल भएको हो ।

यसैबीच तेमाल-८ मा रहको सेती देवी माविबाट ८ जना सम्मिलित भएकोमा शतप्रतिशत ग्रेडेड भएको छ भने जनज्योति माविबाट १२ जना सम्मिलित भएकोमा ९ जना ग्रेडेड हुन सफल भएको छ । तेमाल-७ मा रहेको राधाकृष्ण माविबाट १२ जना सम्मिलित भएकोमा ११ जना ग्रेडेड भएका छन् ।

त्यसैगरि वडा नं. ६ मा रहको पञ्चकन्या माविबाट १५ जना परिक्षामा सम्मिलित भएकोमा शतप्रतिशत ग्रेडेड भएका छन् । तेमाल-५ मा रहेको नारायणस्थान माविबाट १६ जना विद्यार्थी सम्मिलित भएकोमा १३ जना ग्रेडेड भएका छन् । तेमाल-४ मा रहेको तेमाल माविबाट ८ जना विद्यार्थी सम्मिलित भएकोमा शतप्रतिशत ग्रेडेड भएका छन् । तेमाल-३ मा रहेको भुमे माविबाट १९ जना सम्मिलित भएकोमा १८ जना ग्रेडेड भएका छन् । तेमाल-२ मा रहेको सर्वोद्वार माविबाट २२ जना सम्मिलित भएकोमा शतप्रतिशत ग्रेडेड भएका छन् । तेमाल-१ मा रहेको जनचेतना माविबाट २५ जना सम्मिलित भएकोमा १५ जना ग्रेडेड भएका छन् ।

तेमाल गाउँपालिकामा गत शैक्षिक सत्र-२०८० मा भन्दा २०८१ मा सुधार देखिएको छ । यसैबीच एसईई-२०८१ मा सम्मिलित भइ सफल भएका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले बधाइ ज्ञापन गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।