काठमाडौं – नेपाली सांगीतिक फाँटमा तामाङ समुदायको मौलिक संगीत र सांस्कृतिक पहिचान बोकेको तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ। तामाङ सांगीतिक आन्दोलनमा क्रियाशील लोकप्रिय संस्था श्री म्युजिकको प्रस्तुतिमा तयार भएको यो साङ्गीतिक कोसेढुंगालाई सामाजिक सञ्जालमा श्री म्युजिकको अफिसियल युट्युबमार्फत आधिकारिक रूपमा सार्वजनिक गरिएको हो।
यस गीतले तामाङ समुदायको सांगीतिक सम्पदा मात्र नभई, तामाङ युवापुस्ताको प्रेम भावना, परम्परा र परिदृश्यलाई पनि निकै आकर्षक ढङ्गले चित्रण गरेको छ। गीतको शीर्षकमै रहेको “शैलुङ” शब्दले दर्शकलाई रसिलो प्राकृतिक सौन्दर्य र पर्वतीय जीवनशैलीको कल्पनासम्म पुर्याउँछ, जुन दृश्य र भाव दुवैमा म्युजिक भिडियोमा प्रकट गरिएको छ।
गीतमा आवाज दिएका छन् तामाङ सांगीतिक जगतका एक वरिष्ठ गायक, कुशल संगीतकार र लोकप्रिय नाम चन्द्र कुमार दोङ। उनको साथ दिएकी छिन्, आफ्नै छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका शशिकला मोक्तान। यी दुई स्वरको संगमले गीतलाई अत्यन्त मनोहर बनाएको छ।
गीतका मार्मिक र सांस्कृतिक मर्म समेट्ने शब्दहरू भने गायिका शशिकला मोक्तानकी आपा (बुवा) इन्द्रराम मोक्तानद्वारा लेखिएको हो, जसले यो सृजनालाई पारिवारिक सन्देश र गहिरो माया–भावले अझ सशक्त बनाएको छ। भने यस गीतको संगीत गायिका शशिकला मोक्तानको रहेकी छिन् ।नोर्बु शेर्पाको सङ्गीत संयोजनले परम्परागत धुनमा आधुनिक आत्मा भरिदिएको छ।
भिडियो निर्देशन गरेका छन् कुशल निर्देशक रुपेश खड्काले। शैलुङको हरियाली, हिमाली सुन्दरता, तामाङ संस्कार र युवापुस्ताको प्रेमलाई दृश्यको माध्यमबाट कुशल सम्पादन र क्यामेरा चलनका साथ प्रस्तुत गरिएको छ। भिडियोको छायांकनमा बिरेन लामा र भिडियो सम्पादनमा श्याम लिम्बू र बिरेन लामाको कार्य विशेष उल्लेखनीय छ।
भिडियोमा प्रमुख पात्रको रूपमा अभिनय गरेका छन् तामाङ युवासमाजका लोकप्रिय अनुहारहरू नेपाली चलचित्रको अभिनेता कुन्साङ बम्जन र अम्बिका तामाङ र कुन्साङ बम्जन। उनीहरूको अभिनयले प्रेमका आरोह–अवरोह, समर्पण र परम्परा प्रति सम्मानलाई संवेदनशील ढंगले उजागर गरेको छ। अर्कोतर्फ, गीतमा देखाइएका परम्परागत तामाङ पोशाक, गहना र नृत्यहरूले दृश्यलाई जीवित बनाएको छ।
गीतको कोरियोग्राफीमा निमा शेर्पाले भूमिका निर्वाह गरेका छन् भने मेकअप आर्टिस्ट छिमी तामाङ र मिक्सिङमा मितराज लामाको योगदान उल्लेखनीय छ। सङ्गीत स्टुडियो–संगम स्टुडियो, कलर: सुन्दर बोम्जन, पोस्ट प्रोडक्सन: श्री म्युजिकले गरिएको गीतको निर्माता दावादोर्जे तामाङ रहेका छन् ।
यो गीत केवल मनोरञ्जन मात्र होइन, तामाङ भाषा, संस्कृति, भेषभूषा, रहनसहन र स्थानीय परिवेशको पनि जिउँदो प्रतिनिधित्व हो। गीतले एकातिर प्रेम कथा बोकेको छ भने अर्कोतर्फ समुदायको पहिचान र अस्तित्वको गर्विलो झलक प्रस्तुत गर्छ।
तामाङ समुदायका श्रोतामाझ गीतले विशेष स्थान बनाउने विश्वास लिइएको छ। यस्तै मौलिक र संस्कृति–साँगोपांगका गीतहरूले नेपाली संगीतलाई विविधता दिने काम गरिरहेका छन्।
हेर्नुहोस्, यो गीतको भिडियो –
👉 YouTube/@ShreeMusicNepal
प्रस्तुतकर्ता : श्री म्युजिक
निर्माता : दावा दोर्जे लामा
सृजनात्मक निर्देशक : सुन्दर योञ्जन
निर्देशक : रुपेश खड्का
– भिडियो हेर्नुहोस्, गीत सुन्नुहोस्, मौलिकतालाई महसुस गर्नुहोस्।