बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुका अनुसार  अरनिको राजमार्गको धुलिखेल–सुर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल आज विहान करिब ३ बजेतिर भाँचिए पछि सो सडक बन्द भएको हाे ।

रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।