नमोबुद्ध । नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बि.पि. राजमार्गमा हिजो साँझ सगुन विद्यामन्दिरको बा.४ ख ००७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आउँदै गरेको बा.७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्न्दिा दुई जनाको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय पासाङ तामाङ र पछाडि सवार २२ वर्षीय विजय तामाङ, दुबै नमोबुद्ध–२ का बासिन्दा, गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर उपचारको क्रममा दुबै जनाको निधन भएको प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।