बनेपा– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले अगुवा कार्यकर्ताहरुको बिचमा बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । काभ्रे जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राम सिङ श्रीसको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित पारेका थिए । प्रमुख अतिथि श्रीसले संगठन निर्माण र परिचालन सम्बन्धि विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा बोल्दै नेता श्रीसले अनुशाशीत कार्यकर्ताले मात्र संगठन राम्रो र बलियो हुने हुँदा त्यस तर्फ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । नेपालमा थुप्रै कम्युनिस्ट पार्टी भएको तर कुन असली कम्युनिस्ट हो भनेर चिन्न सक्नु पर्ने बताउँदै कम्युनिस्ट पार्टी सर्बहारा किसान ,मजदुर र उत्पीडित जाती जनजातीको पार्टी भएकोले त्यो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्र रहेको बताए । निजि सम्पत्तिको उत्पती भए पछि मानिसहरुमा दमन सुरु भएकोले त्यसको अन्त्यको लागि पार्टी लागि रहेको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर सेक्रेटरी सोमान सिंह तामाङले अनुशासनको बारेमा प्रशिशित गरेका थिए । पार्टी पोलिट्ब्युरो सदस्य तथा महिला नेत्री शारदा महतले महिला आन्दोलन र जबस मोर्चा परिचालन बिसयमा प्रशिक्षण राखे । जिल्ला सचीव ढोग प्रसाद अधिकारीको सभापतित्वमा सम्पम्न उक्त कार्यक्रमको संचालन प्रदिप अस्तानीमगरले गरेका थिए।

यसैबीच सोही अवसरमा अखिल नेपाल तामाङ मुक्ति मोर्चा नेपाल काभ्रे र क्रान्तिकारी महिला संगठन नेपालको जिल्ला भेला पनि सप्पन्न गरेको छ । भेलाले तामाङ मोर्चाको डिल ब तामाङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला भेला आयोजक संगठन समित गठन गरेको छ । त्यसैगरी महिला मोर्चाको कविता तामाङको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक संगठन समिती गठन गरेको छ। दुबै कार्यक्रममा १० नम्बर ब्यूरो तामाङ मोर्चाको संयोजक टेक ब तामाङ र महिला मोर्चाको १० नम्बर ब्युरो संयोजक अर्पना श्रेष्ठ उपस्थित भै सुभकामना मन्तब्य दिएका थिए। प्रशिक्षण र २ वटा जबसमोर्चाको भेला संयुक्त रुपमा सम्म्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।