काठमाडौं । तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ गायक तथा संगीतकार विशाल काल्तनको नयाँ तामाङ सेलो गीत “डम्फूला चरी” शुक्रबार सार्वजनिक गरिएको छ।
मौलिक तामाङ सांगीतिक स्वाद भरिएको यस गीतमा काल्तनको सशक्त स्वर र संगीतले छुट्टै प्रभाव छाडेको छ। गीतमा शब्द रचना पेमा ङिमाले गरेका हुन् भने संगीत लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको रहेको छ। भने एरेन्जमेन्ट तथा मिक्सिङको जिम्मा दिपेश प्रधानले सम्हालेका छन्।
डीप स्टुडियोमा रेकर्ड गरिएको यो गीतले श्रोता-दर्शकमाझ नयाँपन र मौलिकतालाई उजागर गर्ने विश्वास लिइएको छ।
गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ। मोडल निशा घिसिङले अभिनयमा निकै आकर्षक उपस्थिति जनाएकी छन्। डम्फू सहकार्यको रूपमा ह्याङला डम्फु धिमका दोर्जे मोक्तानले डम्फू वादन सम्हालेका छन्।
भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङको सम्पूर्ण जिम्मेवारी सूर्य लामाले सम्हालेका छन् भने सहायक क्यामराम्यानको रूपमा निरोज तामाङले सहयोग पुर्याएका छन्।
“डम्फूला चरी” गीत लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको अफिसियल च्यानलबाट हेर्न सकिन्छ
यो गीतले तामाङ सेलो संगीतको परम्परा र मौलिकतालाई सजीव राख्दै आधुनिक स्वादमा प्रस्तुत गर्न सफल भएको छ।