बनेपा– प्रगतिवादी साहित्यकार तथा कवि रक्तिम लामाद्वारा लेखित कविता संग्रह ‘कमान्डर कमरेड बाेल्दैन’ सार्वजनिक भएको छ । शनिवार बनेपा नगरपालिकाकाे सभा हलमा सो कविता संग्रहको एक समारोहकाबीच लाेकार्पण गरिएसँगै सो कविता संग्रहको सार्वजनिक भएको हाे ।

प्रगतिशील लेखक संघ, काभ्रेको अध्यक्ष समेत रहेका लामाको यो दाेस्रो कविता संग्रह हाे । यस अघि उनको ‘थोत्रो मोजा’ कविता संग्रह प्रकाशन भएको थियो । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मात्रिका प्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि स्रष्टा समिक्षक नन्दु उप्रेती, अतिथिहरु दिल पौडेल, भवानी पाण्डे, गीति मन्जुरी मच्छेश्वर सापकोटा, शिक्षाविद तथा साहित्यकार शिशिर भण्डारी लगायतले संयुक्तरूपमा कृतिकाे लाेकार्पण गरेका थिए ।

नियमित काव्य गाेष्ठी समेत गरिएको साो कार्यक्रममा कविहरुले कविता वाचन गरेका थिए । वाचित रचनाहरुको प्रमुख अतिथि मात्रीका पाेखरेलले समीक्षा गरेका थिए । वाचित रचनाहरु उत्कृष्ट, सान्दर्भिक भएको तर सरलताकाे नाममा कविताकाे चुराेलाई छाेड्न नहुने भन्दै कविहरुलाई सचेत गराएका थिए ।

९८ वटा प्रगतिशिल तथा क्रान्तिकारी कविताहरु समावेश गरिएकाे सो कविता संग्रहको मुल्य २ सय रुपैयाँ तोकिएको छ ।  कवितामा देशकाे माटाे, गाउँकाे स्वादिलो आँटाे, विद्रोह, आक्राेश, राजनीति र एकात्मक शासन माथि प्रश्न उठान गरिनुले कविमा सकारात्मक विद्रोहकाे चेतना विकास उच्च रहेको समिक्षक नन्दु उप्रेतीले बताए ।

कार्यक्रममा कविहरु दिल पौडेल, मुरहरी रायमाझी, केशब ज्ञवाली`आगत´, भवानी पाण्डे, केशब घिमिरे, गरिमा अधिकारी, विद्याेदय घिमिरे, रक्तिम लामा, सुशिला विष्ट, कालिका त्रिपाठी, गाेविन्द मैनाली, अनामिका सजल, मच्छेश्वर सापकोटा, हरि प्रसाद चौलागाँई, बुद्धि मान तामाङ, दिनेश खरेल, केदारनाथ तिमल्सिनाले आफ्ना सुन्दर रचनाहरु वाचन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।