काठमाडौं, असार — छोरी जन्मेकी, हुर्केकी, माया पाएकी – अनि एक दिन, माइतीघर छोडेर कर्मघर जान बाध्य हुन्छिन्। यही भावनात्मक यथार्थलाई चित्रण गर्ने तामाङ भाषिक सन्देशमूलक गीत ‘माइतीदा ख्लासी’ सार्वजनिक भएको छ।

कुमार बोम्जनको प्रस्तुतिमा तयार भएको गीतमा “छोरी माइतीदा ख्लासी” — अर्थात् माइती छोडेर जानुको पीडा — लाई मुख्य भाव बनाइएको छ। गीतले छोरीको बिदाइ, दाजुभाइको आशीर्वाद, आमाबुबाको मौन आँसु र संस्कारभित्र लुकेको समर्पणलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ।

शब्द गीतकार कुमार बोम्जन, संगीत कान्छा रिदम वाइवा तामाङको रहेको गीतमा लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तान, गायक कान्छा रिदम वाइवा तामाङ, गायिका जितु लोप्चनको रहेको छ।

गीतको संगीत संयोजन: बुद्ध स्याङ्बा ध्वनि मिश्रण: किशोर थापाले गरिएको हो भने गीतको
संवाद: फुलकुमार बोम्जनको रहेका छन् ।

गीतमा प्रयोग गरिएका संवाद र दृश्यहरूले दर्शकको मनमा गहिरो छाप छोड्नेगरी बिदाइको क्षण चित्रण गरिएको छ। गीतले केवल मनोरञ्जन मात्र होइन, छोरीको जीवनसँग जोडिएको साँचो पीडाको अनुभव दिन्छ।

निर्माताका अनुसार, “गीतमा भावनाको आत्मा छ। छोरीलाई बिदा गर्नुपर्ने परम्पराले जन्माउने मौन वेदनालाई हामीले गीतमार्फत बोलेका छौं।”

गीतले एउटा गम्भीर प्रश्न उठाउँछ — के सधैँ छोरीले माइती छोड्नैपर्छ?
परम्परा र संस्कृति भित्र लुकेको संवेदनशील सन्देशले गीतलाई सांस्कृतिक चेतना जगाउने सशक्त माध्यम बनाएको छ।

“माइतीदा ख्लासी” गीत तामाङ सांगीतिक क्षेत्रमा केवल भावनाको प्रवाह होइन, समाजलाई पुनः सोच्न बाध्य पार्ने कलात्मक हस्तक्षेप हो। यसले माइती र कर्मघरबीचका आँसु, माया र सम्झनालाई संगीतमा बाँधेको छ।
यस् गीत गीतकार कुमार बोम्जनको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो।

गीत सुन्नुहोस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।