पोर्चुगल– गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान निर्वाचित भएका छन् । १९ जुलाईका दिन भएको दशौँ राष्ट्रिय एकता महाधिवेशनका लागि मनोनयनमा परेका मध्यबाट अध्यक्ष र कोशाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध भएको थियो ।
निर्वाचन समितिले २० जुलाईमा निर्वाचन परिणाम घोषणा गर्दै अध्यक्षमा सुजन तामाङ मोक्तान र कोशाध्यक्षमा अशोक जोशीलाई निर्वाचित घोषित गरिएको हो । अध्यक्षमा दीपा काफ्ले र कोशाध्यक्षमा सविन पौडेलको उम्मेदवारी थियो ।
आइसिसी सदस्यमा राज कुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा निर्विरोध भएका हुन् । उपाध्यक्षमा प्रेम बहादुर बुढाप्रिती, गणेश गुरुङ, शिव राज राई, सुप्रेश गिरी, सुदन निउरे, विष्णु बहादुर घती, र सरस्वती खनाल निर्विरोध भएका हुन् । महिला उपाध्यक्षमा पेमा डोमा शेर्पा निर्विरोध भइन् ।
सचिवमा सुरज राज भण्डारी, पुष्कर राज जोशी र सुवास पौडेल निर्विरोध भए । सह कोशाध्यक्षमा प्रभा अधिकारी निर्विरोध भइन् । युवा संयोजकमा पेम्बा शेर्पा निर्विरोध भए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।