तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले हाल काठमाडौं उपत्यकामा बसोबास गरिरहेका आफ्ना पालिकावासी वृद्धवृद्धा आमाबुबाको सुविधाका लागि सामाजिक सुरक्षा भत्ता नविकरण कार्य थाल्ने भएको छ । वडामा आफैँ उपस्थित हुन गाह्रो हुने समस्यालाई ध्यानमा राख्दै, मिति २०८२ साल श्रावण १० गतेदेखि सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य आवश्यक सेवा उपत्यकामा नै प्रदान गरिने गरी कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले जानकारी दिए ।
यस सेवाका लागि यम.आइ.एस अपरेटर उद्धव पाण्डेलाई खटाइएको छ । सेवासम्बन्धी थप जानकारीका लागि पाण्डेसँग 98511 15358 मा सम्पर्क गर्न सकिने अध्यक्ष तामाङले बताए ।
तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार पालिकाका समस्त वृद्धवृद्धा नागरिकलाई यो सेवाबाट लाभ लिन अनुरोध गरिएको छ।
सेवा सम्बन्धि विवरण यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























