बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४ साँगा स्थित अरनिको राजमार्गमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानमा लागूपदार्थ सेवन गरेको आरोपमा ९ जना बस चालकलाई नियन्त्रणमा लिइएको छ। मंगलबार बिहान ११:३५ बजेदेखि दिउँसो २:३० बजेसम्म चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ भएका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा शिर मेमोरियल अस्पतालको संयुक्त टोलीले विभिन्न यात्रुबाहक सवारी साधनका ४० जना चालकको पिसाव परीक्षण गर्दा ९ जनाको DRUGS KITS परीक्षणमा पोजेटिभ नतिजा देखिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका चालकहरूलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
उक्त चेकिङ टोलीको कमाण्ड प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती (इलाका प्रहरी कार्यालय बनेपा) र प्रहरी निरीक्षक सुनिल धाँजू (जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे) ले गरेका थिए।
को-को परे पक्राउ
१) सुनिल तामाङ, ३२, धादिङ – महानगर यातायात (बा.प्र.०१-००६ ख ७५१७)
२) पुष्कल श्रेष्ठ, २८, मकवानपुर – महानगर यातायात (बा.प्र.०१-००६ ख ७५२१)
३) मदन भुजेल, २४, धादिङ – महानगर यातायात (बा.५ ख ७५३८)
४) कुमार पराजुली, ३७, काभ्रे – काभ्रे पुण्यमाता बस समिति (बा २ ख १९२१)
५) सञ्जय मानन्धर, ३०, काभ्रे – काभ्रे पुण्यमाता बस समिति (बा ५ ख २६३९)
६) सुरेश विक, ३२, चितवन – महानगर यातायात (बा.प्र.०१-००६ ख ७५२५)
७) महेश चौधरी, ३०, बर्दिया – मयुर यातायात (बा ५ ख ४४३२)
८) प्रदिप कुइकेल, ३५, मकवानपुर – मयुर यातायात (बा ५ ख ५३९९)
९) केदार माझी, २६, रामेछाप – महानगर यातायात (बा ४ ख १०७)
प्रहरीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै लागूपदार्थ सेवन गर्ने चालकविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























