सुनापति- रामेछाप जिल्लाको सुनापति गाउँपालिका काठमाडौं उपत्यकामा बसोबास गर्ने सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको दर्ता तथा नवीकरण काठमाडौंमै गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने स्थायी ठेगाना सुनापति गाउँपालिका भएका असक्त, असहाय, ९० वर्ष माथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको अपाङ्गता परिचयपत्र धारी लाभग्राहीलाई लक्षित गर्दै विशेष शिविर सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले एक सूचना जारी गर्दै जानकारी दिएका हुन् ।
गाउँपालिकाले तोकिएको मिति, समय र स्थानमा लाभग्राही स्वयं उपस्थित भई बायोमेट्रिक स्क्यानसहित दर्ता तथा नवीकरण अनिवार्य गर्न गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले अनुरोध गरेका छन् । यस कार्यका लागि गाउँपालिकाको प्रत्येक वडासँग समन्वय गरी काठमाडौं उपत्यकामा शिविर सञ्चालन गर्न लागिएको अध्यक्ष तामाङले जानकारी दिए । जनतालाई सुविधायुक्त सेवा दिनु गाउँपालिकाकाे कर्तव्य भएको जनाउँदै उनले अबको दिनहरुमा यस्तो कार्यलाई निरन्तरता दिने जनाएका छन् ।
शिविरमा असक्त, असहाय, ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता परिचयपत्रधारी लाभग्राही मात्र सहभागी हुन सक्नेछन्।
यस्तो छ विवरण

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























