बनेपा- काभ्रे जिल्ला मै नयाँ खेल डजबलको काभ्रे जिल्ला भेला सम्पन्न भएको छ । आज सम्पन्न भेलाले महेन्द्र विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, सचिबमा उत्तम सापकोटा कोषाध्यक्षमा विजय मुस्याजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुविन मानन्धर, जनक तामाङ, साजन घिमिरे, दिपेन्द बहादुर श्रेष्ठ र प्रितम प्रसाई रहेका छन् ।
समिति गठनको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । शाक्यले जिल्लाकै नयाँ खेल भएकाले उक्त खेललाई ब्यबस्थीत रुपमा सञ्चालन गर्नु पर्ने बताए । डजबल खेललाई आगामी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा समेट्नु पर्ने शाक्यले बताए । खेलाडीको स्तर बृद्धि गरी जिल्ला तथा राष्ट्रिय स्तरमा खेललाई चिनाउनु पर्ने शाक्यले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर तामाङ, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष प्रताप बैध, बनेपा नगरपालिका ८ नम्बर वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, केन्द्रिय प्याब्सनका सचिबालय सदस्य हिरा शर्मा नेपाल, नेपाल पत्रकार महासघं काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, बनेपा ब्वाईज क्लबका अध्यक्ष महेश कर्माचार्य, काभ्रे जिल्ला भलिबल सघंका अध्यक्ष विक्रम प्रजापति, प्याब्सन काभ्रेका सचिब विमल न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।