धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्वास्थ्य सेवामा डिजिटल प्रणाली लागू गर्दै प्राथमिक स्वास्थ्य केन्द्रको प्रथम सेवा विन्दुलाई पूर्णरूपमा प्रविधिमा जोडेर सञ्चालन सुरु गरेको छ। सेवाग्राहीको चापका कारण सेवा समय पनि बढाइएकाले अब विहान ८ बजेदेखि सेवा उपलब्ध हुनेछ।
साउन २६ गतेदेखि सुरु भएको सेवाबाट हालसम्म ६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्। आज मात्र २ सय जनाले सेवा लिए, जसमा १४७ जनालाई रेफरल लेटर दिइयो। धुलिखेलका साथै काभ्रे र अन्य जिल्लाका नागरिकले पनि सेवा लिएका छन्।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पतालसँगको सहकार्यमा नागरिकलाई सहज र पारदर्शी सेवा दिने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























