काभ्रे– काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि काठमाडौंमै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने व्यवस्था मिलाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार, आगामी २०८२ भदौ १ गतेदेखि काठमाडौंको पेप्सिकोलास्थित स्टार फुड एण्ड ब्यान्क्वेटबाट नविकरण सेवा सुरु गरिने छ।

निर्धारित तालिकाअनुसार, भदौ १ र २ गते वडा नं. १, ८ र ९ का बासिन्दा, भदौ ३ र ४ गते वडा नं. २, ४ र ५ का बासिन्दा, तथा भदौ ५ र ६ गते वडा नं. ३, ६ र ७ का बासिन्दालाई सेवा प्रदान गरिनेछ।

यी हुन् नविकरणका चाहिने कागजात 

राष्ट्रिय परिचयपत्र नम्बर

पासपोर्ट साइजको फोटो २ प्रति

सामाजिक सुरक्षा भत्ता परिचयपत्र

नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि

अपाङ्गता परिचयपत्रको प्रतिलिपि

यसबाहेक, नाबालक अपाङ्गता भएका तथा ९० वर्ष माथिका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।