जोहोर बहरु, मलेसिया — प्रवासी नेपाली समुदायबीच समृद्धि र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जोहोर राज्यमा भव्य तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ।

२०८२ सालको तीज विशेष कार्यक्रम २०८२ भदौ ७ गते आइतबार (24 August 2025)का दिन IMPANA Nusajaya, Iskandar Puteri, Johor Bahru मा आयोजना हुने आयोजक NRNA Regional Committee RCC Malaysia का सचिव छविलाल गिरिले जनाएको छ। बिहान ११ बजे सुरु हुने उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको पनि जानकारी दिए।

यस विशेष कार्यक्रमको मूल उद्देश्य मलेसियामा कार्यरत नेपाली महिलाहरूबीच एकता, आपसी सहयोग र नेपाली संस्कृतिको प्रवर्द्धन गर्नु हो।

कार्यक्रममा दर खाने व्यवस्था, तीज गीत, नृत्य, परम्परागत भेषभूषा, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्।

 

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।