क्वालालम्पुर मलेसिया-निर्माण क्षेत्रमा अस्थायी कामदार भिसा (Temporary Work Visit Pass) लिएका १,००,६४६ जना विदेशी श्रमिकहरू Construction Labour Exchange Centre Bhd (CLAB) द्वारा लागू गरिएको वैधीकरण कार्यक्रम (whitewashing programme)पश्चात सम्पर्क विहीन भएको गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतीओन इस्माइलले बताएका छन्।
गृहमन्त्री सैफुद्दिनले चेतावनी दिँदै भने, “विद्यमान नियम उल्लंघन गर्ने नियोक्ता र विदेशी कामदारहरू विरुद्ध सरकारले कडा कदम र दण्डात्मक कार्यवाही गर्नेछ।”
उनले थपे,उनीहरू निर्माण क्षेत्रमा काम गर्ने भिसा लिएर आउँछन्, तर CLAB द्वारा शुद्धीकरण (whitewashing) गरिएपछि तिनीहरू भेटिंदैनन्। यदि उनीहरूले भिसाको दुरुपयोग गरेका छन् भने, अपराध अनुसारको कारबाही हुन्छ। यदि उनीहरूको भिसा सकिएको छ भने, ‘चेक-आउट मेमो’मा हस्ताक्षर गरी देश छोड्नु पर्ने हो। यदि नछोड्ने हो भने, हामी खोजी गर्छौं।”
सैफुद्दिनका अनुसार, यो विवरण गृह मन्त्रालय र श्रम मन्त्री स्टीवन सिम बीच भएको संयुक्त समितिको बैठकमा Construction Industry Development Board द्वारा प्रस्तुत गरिएको थियो।
#source the star






















