रामेछाप — रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ निवासी मिन बहादुर विश्वकर्मा र मन कुमारी कामीकी २५ वर्षीया छोरी सिर्जना विश्वकर्मालाई Acute Myeloid Leukemia (AML) क्यान्सर भएको छ। उपचारका क्रममा काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital) मा भर्ना गरिएपछि उक्त रोग पत्ता लागेको परिवारले जनाएको छ।
डाक्टरहरूका अनुसार यो क्यान्सरको उपचार सम्भव छ र उपचारपछि सिर्जनाको स्वास्थ्य सुधार हुने अपेक्षा गरिएको छ । तर, उपचारका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा सामान्य आर्थिक अवस्था भएको परिवारलाई व्यवस्थापन गर्न कठिनाइ परेको छ।
यसै सन्दर्भमा ‘सिर्जना विश्वकर्मा उपचार सहयोग अभियान’ सञ्चालन गरी सहयोगी महानुभावहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ। समाजले सबैलाई सकेसम्म सहयोग गर्न र यो सूचना धेरै व्यक्तिसम्म पुर्याउन आग्रह गरेको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले तल दिइएको बैंक खाता वा QR Code मार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। साथै थप जानकारीका लागि तलका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ:
-
मिन बहादुर विश्वकर्मा (बुबा): ९८४१४९५७३६
-
राजकुमार खाती (मामा): ९८४१७७१३६२
-
मिन कुमार खाती (मामा): ९८४२५४४१४५
-
धनराज विश्वकर्मा (दाइ): ९८४१०००५८२

सुनापती दलित एकता समाजले सबैलाई सिर्जनाको उपचार सफल बनाउन सहयोगका लागि हार्दिक अपिल गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























