क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती महासंघ “नेफिन” मलेसियाले संरक्षक र सल्लाहकार समिति मनोनीत गरे लगत्तै कार्यसमितिको नामावली मलेसियास्थित नेपाल दूतावासमा औपचारिक रूपमा बुझाइएको छ। ।गत अगस्ट ३ तारिखका दिन,नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको छैटौं अधिवेशन सम्पन्न भएसँगै १७ अगस्ट आईतबारको दिन बसेको महासंघ मलेसियाको प्रथम बैठकले संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सुन्दर आले मगरलाई संरक्षक पदमा मनोनीत गरेका हुन ।
त्यस्तै महासंघको सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा विपिन राई , सल्लाहकारमा क्रमशः पासाङ तामाङ , घनश्याम चौधरी “आरएन” , राजु योञ्जन तामाङ , इन्द्रनारायण लिम्बु , बालध्वज लिम्बु , जीवन देवान लिम्बु, दिल केरुङ लिम्बु , पुर्ण सुब्बा लिम्बु , कृष्ण आङ्देम्बे लिम्बु , शेरबहादुर गुरुङ , दयाराम कुमाललाई मनोनीत गरिएको उपाध्यक्ष बिक्रम वाईबा तामाङ ले बताए ।महासंघले मनोनीत सबैजना प्रति बधाई ज्ञापन समेत गरेका थिए।
आज २२ अगस्ट शुक्रबारको दिन महामहिम नेपालका राजदूत डा. नेत्र प्रसाद तिमल्सिनालाई महासंघका संरक्षक सुन्दर आले, सल्लाहकार दिल केरुङ लिम्बू, पुर्णबहादुर लिम्बू, अध्यक्ष पदम राज लिम्बू, महासचिव सन्जिव तामाङ, सचिव यज्ञ कुमार राई, महिला सचिव तिल रानी लिम्बू लगायत पदाधिकारीहरूको उपस्थितिमा नामावली हस्तान्तरण गरिएको हो।
यस अवसरमा महासंघले नेपाल र मलेसियामा रहेका आदिवासी जनजातिहरूको हकहित संरक्षण, पहिचान प्रवर्द्धन तथा आपसी एकता अभिवृद्धिमा अझ प्रभावकारी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्वाचित कार्यसमिति नामावली (छैटौं अधिवेशन)
1️⃣ अध्यक्ष : पदम राज लिम्बु
2️⃣ वरिष्ठ उपाध्यक्ष : ङावाङ नुरि शेर्पा
3️⃣ उपाध्यक्ष : विक्रम तामाङ
4️⃣ महिला उपाध्यक्ष : देवकी राई
5️⃣ उपाध्यक्ष : किसन गुरुङ
6️⃣ महासचिव : सन्जिव तामाङ
7️⃣ सचिव : यज्ञ कुमार राई
8️⃣ महिला सचिव : तिल रानी लिम्बु
9️⃣ कोषाध्यक्ष : अनिता थापा
🔟 सह-कोषाध्यक्ष : मिङमा शेर्पा
सदस्यहरू :
पेमा तामाङ
नीर बहादुर थामी
पल ठान्टी थामी
काशी तमु
प्रकाश कुमार चौधरी
हमान सिं मगर
दावा शेर्पा
सगर लिम्बू
तेज कुमार
लिम्बू
भरत केदेम लिम्बू
नमराज तामाङ