भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत खानीखोला–काठमाडौं सम्पर्क समन्वय समिति वडा नम्बर ३ को भेला भव्य रुपमा सम्पन्न भएको छ। भेलाले मोहनबहादुर जिम्बाको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ ।

भेलाले उपाध्यक्ष अम्बर आले, महिला उपाध्यक्ष अविना गोले, सचिव प्रशान्त वाइबा, सहसचिव सुमन घिसिङ र तारा घिसिङ, कोषाध्यक्ष अविनाश गोले चयन भएका छन् ।

भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्य मान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा उनले सम्पर्क मञ्चहरूले पार्टी सुदृढीकरण र संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए। साथै उनले खानीखोला क्षेत्रको विकास निर्माणदेखि हरेक कार्यमा युवाशक्तिको आवश्यकता रहेको र नेकपा (माओवादी केन्द्र) सदैव युवा तथा आम सर्वहारा जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा केन्द्रीय सदस्य अकल बहादुर थिङ (महेश), बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), जिल्ला कमिटी अध्यक्ष भोलाप्रसाद अर्याल, प्रदेश समिति सचिवालय सदस्य दैवलाल घिसिङ, डिएम लामा लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

यस अवसरमा विभिन्न दल परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरिएको थियो। प्रवेश गर्नेहरूमध्ये भीमबहादुर ब्लोन, अविनाश तामाङ, इन्द्रमान गोले, बुद्धिमान गोले, सुवास थिङ, ज्ञानु थिङ, उमेश थिङ, प्रेम घिसिङ, उमेश भोलनसहित दर्जनौँ नेता–कार्यकर्ता रहेका छन्।

भेलाले नयाँ नेतृत्वलाई बधाई दिँदै सम्पर्क मञ्चलाई अझ सक्रिय, जिम्मेवार र पार्टी संगठनलाई सबल बनाउन प्रतिबद्धता जनाइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।