मलेसिया- गैर आवासीय नेपाली संघ (NRNA)मलेसिया दुई समूहमा विभाजन भए संगै अगस्ट ३१ तारिखका दिन पुनः नवौं अधिवेशन गर्ने भएको छ। हिजो पत्रकारहरु संग बिशेष छलफल कार्यक्रममा बोल्दै संयोजक ईद्र नारायण लिम्बू जानकारी दिनुभयो।, उक्त छलफल कार्यक्रममा पुर्व महासचिव टिकाराम अधिकारी, पुर्व अध्यक्ष विनोद थापा, सल्लाहकार दिल केरुङ लिम्बू लगायतको उपस्थिति रहेको थियो।
यसअघि जुलाई २७, २०२५ मा अधिवेशनको मिति तोकिएको भएपनि, एकताको बैठकमा उक्त मिति सारेर अगष्ट ३० र ३१ तय गरिएको थियो । तर प्राविधिक कारणवश पुनः मिति जुलाई २७ मै समायोजन गर्नुपर्ने अवस्था आएको र केन्द्रीय विधानअनुसार राष्ट्रका सबै एनसीसीहरूले जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्राबधान रहेकाले, सोही अनुसार मितिभित्रै अधिवेशन सम्पन्न गर्न संघ बाध्य भएको भन्दै राकेश कुमार महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो।तर गत जुलाइ २० तारिख संस्थालाई सक्षम सबल र एकाबद्व बनाउन आन्तरिक सहमति र पारदर्शिता अपरिहार्य रहेको निष्कर्ष सहित एकताको महाधिबेसन गर्ने भन्दै गैर आवासीय नेपाली संघ मलेसियाका सबै पधादिकारी सहित को छलफलले राकेश प्रसाद महतोलाई संयोजक बनाएर अगस्ट ३१ को अधिबेशन सप्पन्न गर्ने निर्णय गरेको थियो ।
जुलाइ २० को सहमती लाई बिधान सम्वत हुने भन्दै बिधान को छिद्रता लाई लिएर आफुखुसी कमिटी गठन गरेर बहुमत पधादिकारी सहित को छलफलले गरेको निर्णयमा हस्ताक्षर गर्दै सहमति जनाउदै बिधान लाई देखाएर छलफल नै नगरेर संघ भित्र गुटबन्दी गरेर सस्था भित्र रहेका बहुमतको गैरआवासीय नेपाली समुदाय लाई उपेक्षा गर्दै आफुखुसी अधिबेशन गरेको भन्दै समितिले कार्यबहाक अध्यक्ष तोकि कसैको निजि विचारमा सस्था चल्नु नहुने निस्कर्ष सहित आफुहरुले अधिबेशन गर्ने तयारी थालेको नवौं अधिबेसन संयोजक इद्र नारायण लिम्बू जानकारी दिनुभयो।
गत जुलाई २७ तारीख डाक्टर बद्री केसी पक्षधर र समर्थक समुहले निर्वाचित कार्यसमितिले बिधान संवत् क्षेत्रीय समितिको अधिवेश हुनु पर्ने र २ वटा क्षेत्रीय समितिको अधिवेशन गरेर आफुहरु नै वैधानिक रहेको भन्दै राकेश प्रसाद महतो लाई नवौं अधिवेशन बाट अध्यक्ष मा निर्बिरोध निर्बाचित गराइसकेको छ । अगस्ट ३१ तारिख आईतवार महेस श्रेष्ठ पक्षधर र समर्थक समुहले पनि नवौं अधिवेशन गर्ने भए संगै गैर आवासीय नेपाली संघ मलेसिया दुई धारमा बिभाजित हुने पक्का भएको छ । आ-आफ्नै तर्क र विश्लेषण सहित छुट्टाछुट्टै अधिबेशन गर्दा आम जनमानस र संघ भित्रै नयाँ अन्योलता थपिएको छ।
अगस्ट ३१ तारिख आईतवार नवौं अधिवेशन कार्यक्रम आयोजना गर्ने समूहले अझैपनी सस्थामा आफुहरुले एकता चाहेको बताउदै जुलाइ २० को सहमती लाई कार्यनयन गर्छु भन्दा मिलेर जान सकिने प्रसस्तै आधारहरू रहेको जनाउदै सबै एकाबद्व भएर जानुको बिकल्प नरहेको र दीर्घकालीन रूपमा संघ लाइ सक्षम बनाउन सहमति र सामूहिकताकै बाटो तर्फ जानुपर्ने अविश्वास,अस्वस्त टिक्काटिप्पणि संस्थाको हितमा नभएको जनाउदै सबैले गैर आवासिय नेपाली संघ को साझा संकल्पमा केन्द्रित हुनुपर्नेमा जोड दिदै सस्थाका पुर्ब महासचिव टिकाराम अधिकारी ले पत्रकारहरूसँग विशेष छलफल कार्यक्रम मा बताउनु भयो ।