क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोर राज्यमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एकजना नेपाली महिला कामदार को मृत्यु भएको छ।

नेपाल ठेगाना रोल्पा जिल्ला निवासी गंगादेब गाउपालिका-१ ओतकि मनकला वली मलेसियाको जोहोरबारु स्थित कम्पनीमा काम गर्ने क्रममा शनिबार राती अचानक ढलेको र अस्पताल लाग्दालाग्दै बाटोमा करिब ०३:०० बजेतिर मृत्यु भएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जनाएको छ।

घरमा एक छोरा र एक छोरी रहेको मृतक वलीको आफ्नो श्रीमानसंग सम्बन्धबिच्छेद भैइसकेको र मलेसिया रोजगारीमा आएको दुई बर्ष मात्रै भएको थियो। घरमा पनि ऊनको आर्थिक अवस्था दयनीय रहेको समाजले जानकारी दिएको छ ।

 

घटनाबारे मलेसियास्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ । मृतक महिलाको शव नेपाल पठाउनलाई रोजगारदाता कम्पनी पनि सकारात्मक रहेको अनि आवश्यक सम्पुर्ण कागजी तयारी पनि भैइरहेको जानकारी प्राप्त भएकोछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।