मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, २७ अगस्ट २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन समिति मलेसियाले एक सूचना जारी गर्दै उम्मेदवारी दर्ता खुला भएको जानकारी गराएको हो।
निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति २९ अगस्ट सम्म तोकिएको छ भने दाबी बिरोध ३०अगस्ट १२ बजे सम्म गर्न पाउने छ। ३० अगस्टको १२ बजे सम्म नामावली प्रकाशनकान हुनेछ भने निर्वाचन समितिको अस्थायी कार्यालय नेपाल एम्बेसी छेउको भवन (Wishma Ann Koai) को पहिलो तलामा तोकिएको छ।
निर्वाचनको लागि उम्मेदवार शुल्क दरहरू यस्ता छन्:
– अध्यक्ष: आरएम ४०००
– उपाध्यक्ष: आरएम २५००
– महिला उपाध्यक्ष: आरएम २५००
– युवा उपाध्यक्ष: आरएम १५००
– महासचिव: आरएम १५००
– सचिव: आरएम १५००
– सह सचिव: आरएम १५००
– कोषाध्यक्ष: आरएम १५००
– सह कोषाध्यक्ष: आरएम १५००
– सदस्य: आरएम ५००
निर्वाचन आयुक्त विष्णुप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्पष्ट पारिएको छ कि उम्मेदवारी दस्तुर निर्वाचन समिति सदस्य मुकेश गुरागाई बुझाउन सकिनेछ। उक्त निर्वाचनले एनआरएनए मलेसियामा नेतृत्व चयन गर्ने महत्वपूर्ण प्रक्रिया अघि बढाएको छ।
*(सम्पर्क: मुकेश गुरागाई 0१८३७२४१०६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।)*
























