मिलन दोङ तामाङ ✍️ 

काठमाडौँ, २५ भदौ २०८२ – वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि मानसिक तनाव व्यवस्थापनबारे भर्चुअल अन्तरक्रिया कार्यक्रम हुन लागेको छ। 

कार्यक्रम प्रवासी नेपाली समन्वय समिति (PNCC) तथा वाह्या सम्पर्क युनिटहरू – कतार, युएई, साउदी अरब, मलेसिया र नेपाल परोपकार समाज कुवेत को आयोजनामा ३० अगस्ट २०२५ (शनिबार) साँझ ६:४५ देखि ८:४५बजे सम्म Zoom मार्फत सञ्चालन हुनेछ।

कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ मनोविज्ञ करुणा कुँवर को प्रस्तुति रहनेछ, जसमा प्रवासी कामदारहरूले मानसिक तनाव कसरी व्यवस्थापन गर्ने भन्नेबारे परामर्श र अन्तरक्रिया गर्न सक्नेछन्।

Zoom ID र पासकोड सार्वजनिक गरिएको छ –

ID: 862 3943 9701

Passcode: 115231

कार्यक्रम PNCC को फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण गरिनेछ।

आयोजक संस्थाहरूका अनुसार कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु हो।  साउदी, कतार, युएई, मलेसिया र कुवेतका नेपाली श्रमिकहरूलाई लक्षित कार्यक्रमले मनोवैज्ञानिक रुपमा सहयोग पुग्ने विश्वास लिइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।