मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, मलेशिया – नेपाली समुदायका लागि सामाजिक सहयोगमा सक्रिय संस्था हेल्प मधेशी–मलेशिया ले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२५ आइतबार को दिन क्वालालम्पुरस्थित Wisma Ann Koai (दुतावास छेउको भवन)मा आयोजना गर्ने भएको छ।
संस्थाका अनुसार, यस ऐतिहासिक अवसरमा मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यहाँका सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरिएको छ।
हेल्प मधेसी मलेसियाका पदाधिकारीहरूले समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धन गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताएका छन्। कार्यक्रममा विशेष अतिथि, सांस्कृतिक प्रस्तुति तथा भावी योजनाबारे छलफलसमेत हुनेछ। उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास क्वालालम्पुर मलेसिया को महामहिम राजदुत डा•नेत्र प्रसाद तिम्सिना को उपस्थिति रहनेछ साथै नेपाली तथा मैथिली कलाकारहरु द्वारा बेजोड प्रस्तुति गरिनेछ ।
तन मन धन से…” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको संस्थाले यस अधिवेशनमा संस्थागत समीक्षा, भावी कार्ययोजना तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।नेपाली दूतावास मलेशिया नजिकैको स्थानमा आयोजना हुने यस कार्यक्रममा मलेशियामा रहेका नेपालीहरूलाई सहभागिताको लागि आग्रह गरिएको छ।
थप जानकारीका लागि सम्पर्क:
दिपक मण्डल 011 3323 2950
प्रमोद कुमार महतो 016 2633 967
उदय नारायण मण्डल 014 9638 726
जय प्रकाश शाह 011 1284 8947
सुरेन्द्र महतो 010 2521 407
पवन कुमार महतो +60 12-516 8482






















