मिलन दोङ तामाङ ✍️ 

काठमाडौं, भदौ १३- नेपाल सरकार सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत दक्ष जनशक्तिका लागि आकर्षक तलबको व्यवस्था गर्ने निर्णयमा पुगेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सरकारको यो योजनाले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने विश्वास व्यक्त गरेका छन्।

 

ओलीका अनुसार, सरकारद्वारा प्रस्तावित योजनाअन्तर्गत आईटी अफिसरहरूलाई मासिक २ लाख रुपैयाँसम्म तलब प्रदान गरिनेछ। यसबाट अनलाइन प्रणालीमार्फत सरकारी सेवा वितरण गर्न सहयोग पुग्ने, भ्रष्टाचार नियन्त्रण हुने र प्रणाली विकासमा गति आउने अपेक्षा गरिएको छ।

 

“आईटी क्षेत्रमा दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न यो योजना सशक्त आधार बन्नेछ,” ओलीले भनेका छन्। उनले यसलाई “आईटी पद्धति हाम्रो जनशक्तिको हितमा एक सुदृढ कदम” भएको उल्लेख गरेका छन्।

 

*स्रोत:* ओलीको फेसबुक पेज

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।