क्वालालम्पुर, २८ अगस्ट २०२५ -नेपाल सरकारका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र नेपाली राजदूतावास, मलेसियाको आयोजनामा क्वालालम्पुरमा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मलेसिया-नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरूसँग गरिएको अन्तरक्रियामा नेपालमा लगानीको वातावरण, सम्भाव्य अवसरहरू र दुवै मुलुकलाई पारस्परिक फाइदा पुग्ने व्यवसायिक साझेदारीका विषयमा छलफल भएको थियो।

कार्यक्रममा डा. खतिवडासहित नेपाली राजदूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। डा. खतिवडा बाओ फोरम फर एसिया (BFA) अन्तर्गत एशिया-प्रशान्त क्षेत्रीय सहयोगको विषयमा आयोजित “क्वालालम्पुर राउन्ड टेबल” कार्यक्रममा सहभागी हुन मलेसिया आएका थिए।

कार्यक्रमले मलेसियामा रहेका व्यवसायी र नेपाली पक्षबीच आपसी सहयोग र लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।