मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया – पूर्व परराष्ट्र तथा अर्थमन्त्री तथा संघीय सांसद डा. प्रकाशशरण महतलाई मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा विशेष स्वागत गरिएको छ।

भेटघाटका क्रममा नेपाल र मलेसियाबीचका द्विपक्षीय सहयोगका सम्भावित क्षेत्रहरूबारे छलफल भएको दूतावासले जनाएको छ। साथै, दूतावासले मलेसियामा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि गरिरहेका प्रयासहरूबारे जानकारी गराएको थियो।

छलफलमा ‘निःशुल्क टिकट, निःशुल्क भिसा’ नीतिको प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन आवश्यक रहेको विषयमा समेत चर्चा गरिएको थियो।

भेटमा नेपाली राजदूतावासका अधिकारीहरू तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्रोत: दुतावास फेसबुक पेज

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।