लाजिम्पाट, काठमाडौं। लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सवलाई पाँचदिने विशेष समारोहका साथ मनाउने भएको छ। भदौ १८ गतेदेखि २२ गतेसम्म चल्ने यस कार्यक्रमलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यताको संगमका रूपमा भव्यतापूर्वक आयोजना गरिने क्लबले जानकारी दिएको छ।
यस विशेष उत्सवको उद्घाटन संविधान सभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य माननीय तीर्थ लामाले गर्ने तय भएको छ।
कार्यक्रममा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य, चर्चित अतिथि कलाकारहरूको प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण तथा लेट–नाइट डीजे सेसन समावेश छन्।
भदौ १८: चर्चित गायक राजु परियार
भदौ १९: चर्चित गायिका ज्योति मगर
भदौ २०: चर्चित गायक पशुपति शर्मा
भदौ २१: विशेष तामाङ सेलो कार्यक्रम — चर्चित गायक रोज मोक्तान, फूल कुमार बम्जन र कोशिश थोकर
भदौ २२: चर्चित डान्सर तथा मोडल सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखे
गत एक वर्षको उपलब्धि स्मरण गर्दै क्लबले यस वार्षिकोत्सवलाई नेपाली संगीत, संस्कृति र आधुनिक आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
क्लबका प्रबन्ध निर्देशक सुनील छेवाङ लामाका अनुसार, रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट मात्र नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको छ।
वार्षिकोत्सवको अवसरमा क्लबले आफ्ना ग्राहक तथा शुभेच्छुकलाई २० प्रतिशत विशेष छुट प्रदान गर्ने योजना समेत ल्याएको छ।
उच्चस्तरीय भोजन, प्रीमियम पेय पदार्थ र आकर्षक सांगीतिक/सांस्कृतिक प्रस्तुतिसँगै क्लबले अतिथिहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
रोयल नेपाल रोधी क्लबले सम्पूर्ण ग्राहक, शुभेच्छुक र कला–संस्कृति प्रेमीहरूलाई यस भव्य समारोहमा हार्दिक निमन्त्रणा गरेको छ।

























