धुलिलखेल– मालपोत कार्यालय काभ्रेका एक कर्मचारी नगद सहित अख्तियारको फन्दामा परेका छन् । कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।
आज बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मार्दा अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेललेका अनुसार उनले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियण्त्रण लिएकाे थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























