मिलन दोङ तामाङ ✍️ 

कुर्दिस्तान, इराक –नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराकले आगामी ५ सेप्टेम्बर २०२५, शुक्रबार का दिन नेपाली रेष्टुरेन्ट एण्ड बार मा आफ्नो चौथो अधिवेशन आयोजना गर्ने भएको छ। कार्यक्रममा बिहान १०:०० बजे देखि सुरु हुने उल्लेख गरिएको छ।

 

“तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौँ, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको चौथो अधिवेशन भव्यताका साथ सफल पारौँ” भन्ने मूल नारासहित आयोजना हुने अधिवेशनले तामाङ समुदायको पहिचान, एकता र सांस्कृतिक संवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।नेपाल तामाङ घेदुङ कुर्दिस्तान,इराकका पूर्व अध्यक्ष,प्रमुख सल्लाहकार एवं चौंथो अधिवेशनका संयोजक श्याम मम्बा तामाङका अनुसार कान्छा ब्लेन्देन तामाङको सभाध्यक्षमा हुन लागेको चौंथो अधिवेशनमा पूर्व पदाधिकारी,प्रमुख सल्लाहकार, सल्लाहकार, आजीवन सदस्य, सक्रिय सदस्यहरु,तामाङ,विभिन्न संघसंस्थाका प्रिनिधिहरु तामाङ समुदायका अगुवाहरू, शुभेच्छुकहरू तथा इराकस्थित नेपालीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

 

अधिवेशनले आगामी सन् २०२५ देखि २०२७ सम्मको निमित्त नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले घेदुङ कुर्दिस्तान,इराकको सदस्यता नविकरण तथा नयाँ सदस्यता खुल्ला गरेकोले सदस्यता नविकरण,नयाँ सदस्यता लिनसमेत अनुरोध गरेका  जनाएका छन् ।विसं २०७५ (सन् २०१८) मा स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले वैदेशिक रोजगारमा रहेका तामाङ समुदायका नेपालीहरूबीच आपसी एकता, सहयोग र समृद्धि प्रवर्द्धन गर्दै आएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।