मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया — नेपाल राजदूतावास, मलेसियाले सार्वजनिक सूचना जारी गर्दै २०७८ भदौ २० गते (५ सेप्टेम्बर २०२५, शुक्रबार) को दिन (पैगम्बर मुहम्मदको जन्मदिन) को अवसरमा मलेसियामा सार्वजनिक बिदा परेको हुँदा सो दिन दूतावास बन्द रहने जानकारी दिएको छ।

दूतावासका अनुसार नियमित सेवा भने ८ सेप्टेम्बर २०२५, सोमबार‌ देखि पुनः सुरु हुनेछ। आकस्मिक अवस्थामा सहयोग आवश्यक परेमा दूतावासको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

राजदूतावासले मलेसियामा रहेका नेपालीहरुलाई सेवा प्रभावित हुन नदिन समयमै जानकारी लिन र योजना मिलाउन आग्रह गरेको छ।

स्रोत: नेपाल राजदूतावास, क्वालालम्पुर, मलेसिया

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।