मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर : नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको टिकट सहयोगमा अमिर चौधरी नेपाल फर्किएका छन।
चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना अगाडि अध्यागमन विभागको अनुशन्धानको क्रममा पक्राउ परी घर फिर्ति केन्द्रमा रहेको र पारिवारिक स्थिती नाजुक भएको कारण सहयोगको अपिल आए पछि मञ्चले टिकट उपलब्ध गराउदै स्वदेश फर्किएको मञ्चका सचिव कृष्ण खड्काले जानकारी दिनु भयो।चौधरी हिजो ४ अगस्ट बिहिबारको दिन बाटिक एयरलाईन्स मार्फत नेपाल फर्किसकेको छ।

राजदूतावासले विशेष परिस्थितिमा अलपत्र परेका वा राहदानी हराएका नेपालीहरूलाई यस्तो “एक तर्फी यात्रा कागजात (One Way Travel Document)” उपलब्ध गराउँदै आएको छ, जसबाट उनीहरू स्वदेश फर्कन सक्छन्। नेपाली नागरिकको सुरक्षाका लागि यो पहल निकै महत्वपूर्ण मानिएको छ।






















