मिलन दोङ तामाङ ✍️ 

जोहोर, मलेसिया – ४ सेप्टेम्बर २०२५ मलेसियाको जोहोर राज्यमा कार्यरत नेपाली सुरक्षा गार्डहरुलाई जोहोर प्रहरी विभाग (PDRM Johor) ले साहस, निष्ठा र उत्कृष्ट सेवाको लागि “Surat Penghargaan”(प्रशंसा पत्र) प्रदान गरेको छ।

AT Guards Security Services Sdn. Bhd. मा कार्यरत सुरक्षा गार्डहरुले स्थानीय व्यक्तिहरूसँग सहकार्य गर्दै जोहोर बाह्रुस्थित Jalan Tanjung Puteri 1 मा भएको मोबाइल फोन चोर्ने प्रयासमा संलग्न अपराधीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएका थिए।  उक्त घटनामा Yamaha 125ZR मोटरसाइकल प्रयोग गरिएको थियो भने यो घटना JBS/19202/25 नम्बरमा दर्ता गरिएको छ।

उहाँहरुको योगदानलाई उच्च मूल्यांकन गर्दै जोहोर प्रहरी प्रमुख CP Datuk Ab Rahaman Bin Arsad ले “Syabas dan Tahniah” (शुभकामना र बधाई) दिँदै सुरक्षा बल र जनसमुदायबीचको समन्वयको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा पत्र प्रदान गरेका हुन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।