मिलन दोङ तामाङ ✍️
कुर्दिस्तान, इराक –नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराकले गत ६ सेप्टेम्बर २०२५, शुक्रबार का दिन नेपाली रेष्टुरेन्ट एण्ड बार मा आफ्नो चौथो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन बाट सर्वसम्मत रुपमा अर्जुन तामाङ अध्यक्षमा मनोनीत भएका छ।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष कान्छा लामा ब्लेन्देन तामाङको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि अर्जुन तामाङ (आर्यन) को अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष राम तामाङ, उपाध्यक्ष जेशिका घ्लान तामाङ ,उपाध्यक्ष तिर्था तामाङ,महिला उपाध्यक्ष सरिता बल,महासचिव सरिस डिम्डुङ, तामाङ सचिव ग्याल्जेन दोङ तामाङ, कोषाध्यक्ष श्यामबहादुर तामाङ,सह कोषाध्यक्ष सुन डोल्मा तामाङ, सह सचिव गोदवारी तामाङ,प्रवक्ता राजु तामाङ ,माहिला प्रमुख सुकुमाया वाइबा तामाङ, सदस्यहरु क्रमशः मनिता तामाङ , फुलमाया तामाङ ,श्री भोमजन तामाङ, कुम ब तामाङ। निर्विरोध निर्वाचित भएको जनाएका छन्
यस अवयरमा गैरवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद इराकका अध्यक्ष श्री विनोद श्रेष्ठले नव निर्वाचित अध्यक्ष अर्जुन तामाङ सहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यको शुभकामना व्यक्त गर्नुभएको थियो!
“तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौँ, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको चौथो अधिवेशन भव्यताका साथ सफल पारौँ” भन्ने मूल नारासहित आयोजना भएको अधिवेशनले तामाङ समुदायको पहिचान, एकता र सांस्कृतिक संवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
अधिवेशनले आगामी सन् २०२५ देखि २०२७ सम्मको निमित्त नयाँ कार्यसमिति निर्वाचित भएका छ भने घेदुङ कुर्दिस्तान,इराकको सदस्यता नविकरण तथा नयाँ सदस्यता खुल्ला गरेकोले सदस्यता नविकरण,नयाँ सदस्यता लिनसमेत अनुरोध गरेका जनाएका छन् ।विसं २०७५ (सन् २०१८) मा स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले वैदेशिक रोजगारमा रहेका तामाङ समुदायका नेपालीहरूबीच आपसी एकता, सहयोग र समृद्धि प्रवर्द्धन गर्दै आएको छ।