मिलन दोङ तामाङ ✍️
इराक – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इराक (NRNA NCC Iraq) द्वारा आयोजित *पाँचौं राष्ट्रिय अधिवेशन २०२५* आगामी *सेप्टेम्बर १२ तारिख*का दिन इराकस्थित नेपाली रेष्टुरेन्ट सुलेमानी कुर्दिस्तान मा हुने भएको छ।
“For Nepali, By Nepali” भन्ने मूल नाराका साथ हुन लागेको यस अधिवेशनमा पंजीकृत सदस्य ज्यूहरू, कुर्दिस्तान इराकमा स्थापित विभिन्न संघ संस्थाका बुद्धिजीवी ज्यूहरू ,प्रतिनिधि ज्यूहरू , युवा क्लब ज्यूहरू , कलाकार ज्यूहरू , व्यावसायिक सञ्चालक ज्यूहरू , सञ्चालिका ज्यूहरू , पत्रकार ज्यूहरू , साथै कुर्दिस्तान इराकमा, रहेर कर्मथलो बनाएर बस्नुभएका दाजु भाई तथा दिदीबहिनीहरू सम्पूर्णलाई गरिमामय उपस्थितिको लागि अपिल समेत गरेको छ।
कार्यक्रम बिहान *१०:०० बजे* सुरु भई दिउँसो *३:०० बजे*सम्म सञ्चालन हुने छ। अधिवेशनमा संगठनको विगत, वर्तमान र भावी कार्ययोजना, नीति निर्माण, नेतृत्व विकास, र प्रवासी नेपालीका मुद्दाहरूमा विशेष छलफल तथा निर्णय गरिनेछ।कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको र सबै अध्यक्ष विनोद श्रेष्ठ ले जानकारी दिएका छन् ।