बनेपा- काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका पूर्व अध्यक्ष गुमनध्वज कुवँरले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्ज फेसबुक मार्फत पूर्व अध्यक्ष कुवँर एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
हिजो भएको Gen-Z आन्दोलनमा भएको घट्नालाई उनले नरसंहरको संज्ञा दिँदै घोर भर्त्सना समेत गरेका छन् । ‘आजबाट ने. क. पा. (एमाले) काे सगठित सदस्य परित्याग गरेकाे छु धन्यवाद छ ।’ उनले अगाडि भनिएका छन्, ‘यो नरसंहारको घोर भत्सर्ना गर्दछु । हाम्रा उर्जा माथी क्रूर दमन मुर्दाबाद ।’
कुवँर २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएको थिए ।
यसैबीच एमालेकै पाँचखर नगरका युवा नेता विजय अधिकारीले पनि एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























