धुलिखेल- नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्ला समितिका सचिवालय सदस्य राजेन्द्र केसीले पदबाट राजीनामा दिएका छन्।
केसीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीको जिम्मेवारीबाट हट्ने घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले देशको अवस्था, परिस्थिति तथा राजनीतिक अराजकता देखिएको र सरकारले जनतालाई अपेक्षित सेवा दिन नसकेको कारण आफूले पार्टीको जिम्मेवारी वहन नगर्ने निर्णय गरेको उल्लेख गरेका छन्।
राजेन्द्र कुमार लामो समयदेखि एमालेको संगठनमा सक्रिय रहेका थिए। उनले आफू अब स्वतन्त्र नेपाली नागरिकको रूपमा समाज सेवामा सक्रिय रहने प्रतिबद्धता समेत जनाएका छन्।
यस्तो छ राजीनामा पत्र

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























