बनेपा- काभ्रेको बनेपा नगरपालिका–९ नयाँ बस्तीस्थित ध्यानकुटी बिहारभित्र बुधबार बेलुकी फेला परेको बमलाई नेपाली सेनाको टोलीले आज बिहीबार बिहान निष्क्रिय बनाएको छ।

बस्तीको बीचमै घरहरू नजिकै बम भेटिएको हुँदा रातको अँध्यारोपनमा डिस्पोज गर्न जोखिम हुने भएकाले बिहान मात्र सुरक्षित स्थानमा लगेर निष्क्रिय गरिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए।

उनका अनुसार फेला परेको बम ८ वटा सकेट बम रहेका थिए। स्थानीय बासिन्दा त्रसित भइरहेका बेला सेनाले बिहानै बम नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगेर डिस्पोज गरेपछि वातावरण सामान्य बनेको छ।

यस घटनापछि स्थानीयवासीले राहतको श्वास फेरेका छन् भने सुरक्षाकर्मीहरूले आसपास क्षेत्रमा थप निगरानी बढाएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।