धुलिखेल- जेन्जीको आन्दोलन, विरोध प्रदर्शन तथा जुुलुसका कारण सुरक्षा चुनौती सिर्जना हुन सक्ने भन्दै काभ्रे जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी अशोक कुमार बिस्टले बुधबार जारी गरेको आदेशअनुसार २०८२ साल भदौ २६ गते बिहान ६ बजेदेखि २०८२ साल भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागू गरिने भएको हो ।
यस अवधिमा जुलुस, प्रदर्शन, सभा, धर्ना, हुल, जुलुसजस्ता गतिविधि, हतियार बोक्नेजस्ता कार्यहरू गर्न प्रतिबन्ध लगाइएको छ। तर, अति आवश्यक सेवाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, पर्यटक तथा अन्तर्राष्ट्रिय हवाई टिकट भएका यात्रुहरूको आवतजावत भने सहज हुनेछ ।
दैनिक तथा अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय खुला गरिने प्रमुख जिल्ला अधिकारी बिस्टले जानकारी दिएका छन्।
जिल्ला प्रशासनले आम सर्वसाधारणलाई निषेधाज्ञा पालना गर्न आग्रह गर्दै तोडफोड वा अवज्ञा गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























