बनेपा- काभ्रेपलाञ्चोक प्रहरीले अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ । आज अन्दाजी राति १ बजे बनेपा नगरपालिका–९ लाईकुस्थित भाडाको कोठामा बसेका मण्डनदेउपुर नगरपालिका–७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सन्तोष श्रेष्ठको कोठाबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली फेला परेको छ । हतियार बरामदसँगै श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा कानूनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























