मिलन दोङ तामाङ ✍️

पेनाङ्ग, मलेसिया | अक्टोबर १९, २०२५  नेपाली फुटबल एसोसिएसन मलेसियाको आयोजनामा “प्रथम फुटबल प्रतियोगिता २०२५” यहि अक्टोबर १९ मा बुकित मेर्ताजाम, पेनाङ्ग मा आयोजना हुने भएको छ।

 

“नकआउट फर्म्याट”मा सञ्चालन हुने उक्त प्रतियोगितामा मलेसियाभर रहेका नेपाली टिमहरूलाई सहभागी हुन आह्वान गरिएको छ। प्रतियोगिता दर्शकहरूका लागि प्रवेश शुल्क आयोजक टिम संग छलफल गरेर तय गरिने जानकारी दिएका छन्।कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत मलेसिया रहनुहुनेछ भने विशेष अतिथि एनआरएनए मलेसिया रहनेछ।

पुरस्कार विवरण

– पहिलो स्थान प्राप्त गर्ने टिमले ट्रफीसँगै *RM 30000 नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

– दोस्रो स्थानलाई RM 15000 नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।यस प्रतियोगितालाई N Penang FC लगायत विभिन्न प्रायोजक संस्थाहरूले सहयोग गरेका छन्।

*आयोजक टोलीमा सम्पर्क गर्न सकिने व्यक्ति*:

– सन्तोष भट्ट: 011-6934 4734

– सन्तोष अधिकारी: 016-374 2418

– शिव सुवेदी: 014-744 4441

नेपाल फुटबल एसोसिएसन मलेसियाको अध्यक्ष सन्तोष भट्टका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य मलेसियामा कार्यरत नेपाली आप्रवासीहरूबीच एकता, मैत्रीपूर्ण सम्बन्ध र खेल भावना बढाउनुका साथै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु रहेको छ।

उक्त प्रतियोगिता हरेक वर्ष विभिन्न शहरहरूमा आयोजना गरिनेछ।यस प्रकारको पहलले नेपाली समुदायमा खेलकुद र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।