मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५ – “हेल्प मधेसी मलेसिया” केन्द्रीय कार्यसमितिद्वारा आयोजित तेश्रो अधिवेशन तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा भोलि अर्थात सेप्टेम्बर १४का दिन भव्य रुपमा आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ।
“तन, मन, धन… स!” भन्ने नारासहित प्रवासी मधेसी समुदायको हित, एकता र सशक्तिकरणको लक्ष्य लिएर क्रियाशील यस संस्थाले यस अधिवेशनमा विगतका उपलब्धिहरूको मूल्यांकन गर्दै भावी योजना तथा कार्यदिशाबारे पनि छलफल गर्ने जनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिने र संस्थाका नयाँ नेतृत्व चयन सम्बन्धी छलफल पनि हुने आयोजकले जनाएको छ। साथै, मिडिया पार्टनरको रुपमा विभिन्न प्रतिष्ठित सञ्चारमाध्यमहरूको सहभागिता रहनेछ
यस कार्यक्रमलाई सफल बनाउन आयोजक टोली सक्रिय रहेको र अतिथिहरूको स्वागतका लागि आवश्यक सबै व्यवस्था पूरा भएको पनि जानकारी गराइएको छ।