काठमाडौँ, २०७९ भदौ २६

देशको जटिल, विषम र चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणाली जोगाउन निर्णायक भूमिका निर्वाह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा शान्तिपूर्ण सहभागिता जनाउन सबै नेपाली नागरिकहरूलाई हार्दिक अपिल गरेका छन्।

 

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपतिले हालको अवस्थामा कठिन प्रयत्नपछि शान्तिपूर्ण निकास सम्भव भएको जनाउँदै भनेका छन्, “संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सुदृढ लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ।”

 

छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतान्त्रिक बाटोतर्फ अघि बढ्न जनताले अवसर पाएको उल्लेख गर्दै राष्ट्रपतिले सबै नागरिकहरूलाई प्राप्त अधिकारको उपयोग गर्दै आफ्नो विवेक र धैर्यका साथ मतदानमा सहभागी भइ निर्वाचनलाई सफल बनाउने अपिल गरेका छन्।राष्ट्रपतिको यस अभिव्यक्ति अहिलेको संवेदनशील राजनीतिक अवस्थाको सन्दर्भमा राष्ट्र प्रमुखको मार्गदर्शनको रूपमा हेरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।